२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीन महिनामा ४ खर्ब रेमिट्यान्स भित्रियो

तीन महिनामा ४ खर्ब रेमिट्यान्स भित्रियो

1.4K
Shares

काठमाडाैं – चालु आर्थिक वार्षको ३ महिनामा नेपालमा भित्रने रेमिट्यान्स ११.५ प्रतिशतले वृद्धि भएको छ । यो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपालबाट वैदेशिक रोजगारमा जाने क्रम बढेसँगै रेमिट्यान्स भित्रिने क्रम समेत बढेको हो ।

राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा नेपालमा भित्रिने रेमिट्यान्स २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.४४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४०४ अर्ब ७ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij