२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

घोराही सिमेन्टको नोक्सानी बढ्यो

घोराही सिमेन्टको नोक्सानी बढ्यो

605
Shares

काठमाडौं – घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले सञ्चालनमार्फत ६६ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.८० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ८८ करोड ८८ लाख रुपैयाँ थियो।

आम्दानी घटेसँगै कम्पनीको नोक्सानी बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १९ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५१ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ।

४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ९९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ६३ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij