काठमाडौं – हिमालय पावर पार्टनर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको कार्तिक २९ गते बिहान ८ बजे बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
जस अनुसार कम्पनीले सहवित्तियकरण बैंकहरुको ऋण भुक्तानी गर्ने प्रयोजनको लागि चुक्ता पुँजीको २:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।
विद्युत नियमन आयोगको सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij