२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

425
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अकंले बढेर २७६०.२१ बिन्दुमा कायम भएको छ । आज ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

यसदिन बैंकिङ समूहको शेयर १.०४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.२८ प्रतिशत, जीवन बीमा समूहको १.६६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३.२० प्रतिशतले मूल्य बढेको छ ।

सोमबार १४३ कम्पनीको शेयर मूल्य बढ्दा ९२ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै साहस उर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषि लघुवित्त, सिर्जनसिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij