२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

965
Shares

काठमाडौं -भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द रहने भएपछि नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ ।

योसँगै नेपाल एयरलाइन्सले काठमाडौँ–नारिताको राति ११ः५० को उडान ९ः१५ बजे सारिएको छ । त्यस्तै ११ बजेको काठमाडौँ–दोहाको उडान ९ः३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ ।

त्यसैगरी काठमाडौँ–दुबईको राति ११ः१५ को उडान परिवर्तन गरेर ९ः३५ मा तय गरिएको छ । यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौँ अवतरण हुने समय पनि परिवर्तन भएको छ ।

यसअघि नारिताबाट उडेको नेपाल एयरलाइन्स राति ११ः२५ मा काठमाडौँमा अवतरण हुनेगरेकोमा अब ९ः२५ मा आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij