२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई कम्पनीको शेयरमूल्य समायोजन

दुई कम्पनीको शेयरमूल्य समायोजन

1.1K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य समायोजन भएको हो।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन बलेफी हाइड्रोपावरको १०० प्रतिशत र लिबर्टी इनर्जीको ५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात बलेफी हाइड्रोपावरको शेयरमूल्य ३०६ रुपैयाँ ६० पैसा कायम भएको छ भने लिबर्टीको २१७ रुपैयाँ ३३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा बलेफीकोा शेयर प्रतिकित्ता ५१३ रुपैयाँ २० पैसा र लिबर्टीको शेयर प्रतिकित्ता २७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ। लिबर्टी इनर्जीले हाल कायम चुक्ता पूँजीको १० बराबर ५ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। त्यस्तै, बलेफी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij