२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१० लाख नगदसहित १० जना जुवाडे पक्राउ

१० लाख नगदसहित १० जना जुवाडे पक्राउ

865
Shares

काठमाडौं – मोरङको विराटनगरको एक पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित १० जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा शुक्रबार राति विराटनगर महानगरपालिका-११ स्थितमा संगम पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij