२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एमालेबाट कीर्तिपुरको मेयर उम्मेदवारमा सुरेन्द्र मानन्धर सिफारिस

एमालेबाट कीर्तिपुरको मेयर उम्मेदवारमा सुरेन्द्र मानन्धर सिफारिस

415
Shares

काठमाडौं – नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर उम्मेदवारमा सुरेन्द्र मानन्धरलाई सिफारिस गरेको छ । आगामी मंसिर १६ मा आयोजना हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा एमालेले मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको हो ।

एमाले कीर्तिपुर नगर कमिटीको शुक्रबार बसेको बैठकले मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन् ।

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पदमा उपनिर्वाचन हुने लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij