काठमाडौं – सोल्टी होटल लिमिटेडले बम्पर ३६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २६.८४२१ प्रतिशतका दरले नगद लाभांश गरी जम्मा ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको हो । ।
उक्त लाभांश प्रस्ताव पारित गर्न होटलले पुस ४ गते, नेपाल प्रज्ञा भवन, कमलादी, काठमाडौँमा ५० औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा बिहान ११ बजे शुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
यस अनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij