२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे क्यापिटलको पाँचौँ साधारणसभा सम्पन्न

माछापुच्छ्रे क्यापिटलको पाँचौँ साधारणसभा सम्पन्न

1.2K
Shares

काठमाडौं – माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज कार्तिक १३ गते बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा, बालुवाटार, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष श्री विश्वम्भर न्यौपानेज्यूको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोईरालाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
आज सम्पन्न यस साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.ब. २०८०र८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आ.व. २०८१र८२ का लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु पारित भएका छन् ।
कम्पनीको पाँचौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति कम्पनीका अध्यक्ष तथा यस सभाका सभापतिले धन्यवाद व्यक्त गर्दै हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ आश्विन १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि मिति २०८१ आश्विन २१ गते योजना समेत दर्ता गरि स्वीकृतिको प्रक्रियार्थ रहेको जानकारी दिए । यसका साथै कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता व्यक्त गरे । साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्षरुपले मार्ग दर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी माछापुच्छ्रे वैंक लि., नियमक निकायहरु, लेखापरीक्षकहरु, सेवाग्राही, कानूनविद्, संचारकर्मीहरु, विभिन्न सम्बद्ध संस्थाहरु, शेयरधनीहरु तथा कम्पनीका कर्मचारीहरु सबैलाई हार्दिक धन्यबाद दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij