काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.६९ अकंले बढेर २६९२.०५ बिन्दुमा बन्द भएको छ । आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १२ करोेड ८२ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सर्वाधिक कारोबार समृद्धि फाइनान्सको भएको छ।
आज २२१ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको मात्र घटेको छ । आज ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij