काठमाडौं गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियान अन्तर्गत १ दिने पूँजी बजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ ।
यस कार्यक्रम अन्तर्गत मिति २०८१ साल कार्तिक ११ गते आइतबारका दिन नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली न.पा. वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजी बजार बारे सूचित गराउने उद्देश्यले श्री सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का सचिव श्री ठाकुर प्रसाद शर्माले संचालन गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख वक्ताका रुपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत श्री तुल्सी प्रसाद आचार्य तथा व्यापार प्रवद्र्घन बिभाग प्रमुख श्री दिपक न्यौपाने रहनु भएको थियो । सोही कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का अध्यक्ष श्री युवराज वाग्लेको उपस्थिति रहेको थियो ।
विश्व लगानीकर्ता सप्ताह (२०२४) एक हप्ते लामो आई.ओ.एस सिओद्वारा प्रवद्र्घन गरिएको विश्व व्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पंूँजी बजारसँग सम्बन्धी जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने कार्य गर्दछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij