काठमाडौं – साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । निर्धारित समयमा दुवै टोलीको १/१ गोल भएको थियो ।
अब फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij