२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितिन्

मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितिन्

1.6K
Shares
काठमाडौं – राजधानीम सम्पन्न विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगियोगिता मिसेस नेपाल वर्ल्ड  २०२४ को उपाधि डेनिला कार्कीले चुमेकी छन् ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार राती सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले सो उपाधि चुमेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक एवम् माईति नेपालकी अध्यक्ष अनुराधा कोईरालाले फाईनलमा सोधेको प्रश्नको सटिक जवाफ दिएर डेनिलाले सो उपाधि हासिल गरेकी हुन् । उनले उपाधिसँगै एउटा स्कुटर, आगामी जनवरी अमेरिकामा हुने मिसेस वाल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अबसर पनि हासिल गरेकी छिन् ।
प्रतियोगितामा मिसेस नेपाल वर्ल्डमै फस्ट रनरअपको उपाधि एलिना घिमिरे, सेकेन्ड रनरअपको उपाधि किरण कार्कीले र थर्ड रनरअपको उपाधि अनु कार्कीले प्राप्त गरेका छन् । उनीहरुले पनि उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस्तै सोही समारोहमा मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले प्राप्त गरिन् भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हासिल गरिन् । यी दुई विजेताले चाँडै नै सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् । जसको फाईनलमा सारा तामाङ, निर्मला कार्की, रेश्मा घिमिरे र नानु सिंह पुगेका थिए ।
सोही समारोहमा नेपालकी अग्रज हास्य अभिनेत्री वसन्धुरा भुषाललाई ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान पु¥याएवापत मानार्थ मिसेस नेपाल वल्र्ड सम्मान २०२४ बाट सम्मानित गरियो । माईति नेपालकी अध्यक्ष अनुरोध कोईराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनीकान्त झालगायतले भुषाललाई कार्यक्रममा सम्मान अर्पण गरेका हुन् ।
सम्मानअघि बसुन्धरा भूषालको सम्मानमा उनका आधा दर्जन गीतमा नृत्य प्रस्तुत गरिएको थियो । हास्य साम्राज्ञी भूषालको सम्मानमा डान्स फिवरबाट अभिनेता गजित बिष्ट र उनको टिमले भूषालका चर्चित चलचित्रका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । मिसेस नेपाल वल्र्ड मानार्थ सम्मानबाट सम्मानित भएकोमा खुसी व्यक्त गर्दै यो उपाधिले नेपाली चलचित्र क्षेत्रमा आउँदा दिनमा अझ धेरै काम गर्न आफुलाई प्रेरित गरेको अभिनेत्री बसुन्धराले कार्यक्रममा बताईन् ।
विभिन्न सांगीतिक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको यो प्रतियोगितामा विभिन्न शिर्षकमा उपाधि पनि प्रदान गरियो । जसमा माया लामाले पब्लिक च्वाईस र फेसबुक च्वाईसहितको उपाधि, नानु सिंहले भिवर्स च्वाईस, मष्ट ट्यालेन्ट, मल्टी मिडिया च्वाईस्, अनु कार्कीले बेस्ट हेयर, सारा तामाङले हेल्दी स्किन, सुयसा राउतले बेष्ट र्याम्प वाक, नेहा कर्णले बेष्ट स्माईल, अम्बिका गौतमले मस्ट डिसिप्लेन, एलिना घिमिरेले मिसेस कन्जिनियालिटी, किरण कार्कीले ब्युटी विथ कम्पासन, सृजना ब्यन्जनकारले बेष्ट पर्सनालिटी, सृष्टी अर्यालले बेष्ट फिजिक, सिमरन कार्कीले फेशन आईकन, सुसिला केसी दाहालले मष्ट क्रियटिभ, सृजना श्रेष्ठले बेष्ट स्प्रिचुअल डान्स, सहारा तिमल्सिना अर्यालले फोटो जेनिक र प्रगति श्रेष्ठले म्यानेजमेन्ट च्वाईस उपाधि प्राप्त गरे ।
प्रतियोगिताको मुख्य निर्णायकमा अुनरोधा कोईराला, निर्णायकमा टेलिभिजनकर्मी भाष्कारराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदारप्रसाद घिमिरे, अधिवक्ता जेनिश पहारी, अभिनेत्री उषा रजक, श्री केश तेलका अध्यक्ष टिकाराम बुढाथोकीलगायत थिए ।
सेसेमी लिम्बुले सञ्चालन गरेको सो ग्रान्ड फिनाले समारोहमा सञ्चारकर्मी ऋषी धमलाले यो उपाधिले नेपाली महिलाहरुलाई राष्ट्रियदेखि अन्तराष्ट्रिय प्लेटफर्मसम्म पु¥याउँदै उनीहरुको व्यक्तित्व विकाशमा निरन्तर योगदान दिएको चर्चा गरे ।
गायक आर्जन पाण्डेले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याएका थिए । प्रतियोगितालाई अश्विनी कान्त झाले कोरियोग्राफी, ऐना गजुरेलले सह कोरियोग्राफी रानी खरेल र सम्राट शाहले संयोजन तथा गंगा महर्जनले ब्यबस्थापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij