काठमाडौं – अपि पावर लिमिटेडमा ४ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् । सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले सभामा पेश गरिएका निम्न बमोजिमको साधारण तथा विशेष प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीको आज सम्पन्न साधारणसभाले ४ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको हो । साधारणसभाले खुला तर्फ संजिव न्यौपाने, द्वारिका प्रसाद न्यौपाने र मधुसुदन कोइरालालाई संचालक निर्वाचित गरेको हो । साथै सभाले महिलातर्फ सिर्जना खड्कालाई निर्विरोध संचालक निर्वाचित गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij