काठमाडौं – नेपाली बजारमा सुनको मुल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला १ लाख ६६ हजारमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा आज कायम भएको सुनको मुल्य हालसम्मकै उच्च हो ।
नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला २ हजार १ सय ८५ रुपैयाँ पुगेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij