२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै

राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै

550
Shares

काठमाडौं- नेपाल राष्ट्र बैंकले तिहारको लागि सुनको असर्फी र चाँदीका स्मारिका सिक्का तथा मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाबाट तिहार पर्वका अवसरमा सर्वसाधारणको लागि २.५ ग्रामको सुनको असर्फी र चाँदीका स्मारिका सिक्का तथा मेडालियन बिक्रीको प्रवन्ध मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

टक्सार महाशाखाका अनुसार सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दरले कार्तिक  १३ गते मंगलबार १ दिन मात्र विहान ११ बजे देखि मौज्दात कायम रहेमा मध्यान्न ४ बजेसम्म बिक्री गरिनेछ ।  सुनको असर्फीको दररेट दैनिक रुपमा निर्धारण हुने भएकोले सोही दिन ११ बजे पश्चात् मात्र यस महाशाखाबाट बिक्री कार्य सुरु हुने महाशाखाले जनाएको छ ।

त्यस्तै चाँदीको स्मारिका तथा मेडालियन कार्तिक ११ देखि १४ गते सम्म विहान ११ बजे देखि मध्यान्न ४ बजे सम्म प्रति व्यक्ति बढिमा पाँच थानसम्म (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम मध्येवाट) विक्री गरिनेछ ।

असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि सहित उपस्थित हुनु पर्ने महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij