२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रोग्रेसिभ फाइनान्सको नाफा बढ्यो

प्रोग्रेसिभ फाइनान्सको नाफा बढ्यो

830
Shares

काठमाडौं – प्रोग्रेसिभ फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा फाइनान्सको खुद नाफामा उछाल देखियको छ ।

असोज मसान्तसम्ममा फाइनान्सले ८ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्स ६ करोड ११ लाख रुपैयाँ खुद घाटामा थियो।

यो अवधिसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी २९६ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी पनि १०२ प्रतिशतले बढेको छ। नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आयको छ। समीक्षा अवधिमा फाइनान्सको बार्षिकृत ईपिएस बढेर ३८ रुपैयाँ १७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा फाइनान्सको प्रतिसेयर नेटवर्थ ७०.७६ रुपैयाँ रहेको छ।

फाइनान्सको खराब कर्जा घटेर ७.४७ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा खराब कर्जा १२.४५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij