२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निफ्राको नाफा घट्यो

निफ्राको नाफा घट्यो

570
Shares

काठमाडौं –  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)  ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.२२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.८० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७२.६३ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १८.४४ प्रतिशत र सञ्चालन मुनाफा १५.२१ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १६ पैसा घटेर ६ रुपैयाँ ५० पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ३८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४४.४७ गुणा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष समीक्षा अवधिमा २७.९३ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप १४८.९३ प्रतिशत र कर्जा तथा सापटी १२.९९ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij