२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंकको खुद नाफा ९ करोड ४२ लाख

महालक्ष्मी विकास बैंकको खुद नाफा ९ करोड ४२ लाख

760
Shares

काठमाडौं – महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९ करोड ४२ लाख ८९ हजार ७८ रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफामा अघिल्लो आवको तुलनामा सामान्य गिरावट आएको हो । अघिल्लो आव सोहि अवधिमा बैंकले ९ करोड ५३ लाख ७८ हजार ६ सय ९ रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार वितरणयोग्य मुनाफा २१ कराेड ४१ लाख ९० हजार रुपैयाँ रहेको छ। सोहि अवधिमा बैंकको सञ्चालन आम्दानी ४ करोड ७० लाख ८७ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आव सोहि अवधिमा २ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रहेको छ भने जगेडा कोषमा २१ करोड ४१ लाख ९० हजार रुपैयाँ रहेको छ । सोहि अवधिमा बैंकको निक्षेप संकलन ५२ अर्ब ५५ करोड ३७ लाख ५२ हजार ५ सय ५९ रुपैयाँ र कर्जा संकलन ४० अर्ब ९३ करोड ६५ लाख २ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ९.०४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटर्वथ १६३.४८ रुपैयाँ रहेको । बैंकको कष्ट अफ फण्ड ५.८७ प्रतिशत, सिडी रेसियो ८५.३५ प्रतिशत रहेको छ भने बैंकको बेस रेट ७.९६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij