२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २५.८८ अकंले बढ्यो

नेप्से २५.८८ अकंले बढ्यो

360
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८८ अकंले बढेर २६६५.८१ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.२५ प्रतिशत, फाइनान्स समूहको ३.०३ प्रतिशतसहित १३ वटै सूचकमा सुधार देखिएको हो ।

मंगलबार १९९ कम्पनीको शेयर मूल्य बढ्दा ४० कम्पनीको मात्र घटेको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij