काठमाडौं – नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लङ्घन गरेको भन्दै तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ७ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको हो ।
केन्द्रिय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासमा ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारावही गरिएको हो ।
सिन्धु विकास बैंक, सालपा विकास, मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ र रिलायन्स फाइनान्सलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij