काठमाडौं – सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको आइतबार बसेको सञ्चालक समितिले शेयरधनीहरुलाई १३.७७५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७२५ प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij