२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीकाे मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकाे मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

445
Shares

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । त्यसैगरी आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो सुनको मूल्य हालसम्मकै उच्च हो। आईतबारको बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij