२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता

940
Shares

काठमाडौं – ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बिनं प्रोजेक्टमा सहकार्य गर्न समझदारी भएको छ। बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्विच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरू प्रवर्द्धनको लागि समझदारी सम्पन्न भएको हो।

उक्त समझदारीमा बैंकका ग्रिन एण्ड सस्टेनेबल बैंकिङ प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधि तथा बिन प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरेका हुन्।

ग्लोबल आइमई बैंकले दिगो आवास प्रवर्द्धन गर्न “ग्रिन होम लोन” विशेष कर्जा योजना लागु गर्दै आएको छ। बैंकका अनुसार यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्द्धन गर्न सहयोग पुर्‍याउनेछ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ। ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो।

साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ। बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्र रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij