काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन अनुमति पाएको छ। कार्तिक ४ गते नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको हो ।
बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
कम्पनीले हकप्रद निष्काशनको लागि एनआईएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij