२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मलेसियाले बढायो श्रमिकको न्यूनतम तलब, न्यूनतम पारिश्रमिक मासिक १७०० रिंगेट

मलेसियाले बढायो श्रमिकको न्यूनतम तलब, न्यूनतम पारिश्रमिक मासिक १७०० रिंगेट

720
Shares

काठमाडौं – मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ।आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाउने घोषणा गरेको हो।

हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ। आगामी वर्षका लागि बजेट भाषण गर्दै मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक २०० रिंगेटले बढाउने घोषणा गरेका हुन्।

पाँचभन्दा कम कामदार भएका कम्पनी तथा उद्योगका लागि भने नयाँ पारिश्रमिक केही समय पछिदेखि लागू हुनेछ। यस्ता कम्पनी तथा उद्योगमा आगामी १ अगस्ट २०२५ देखि लागू हुने उनको भनाइ छ।

औद्योगिक तथा उत्पादन प्राविधिकहरूको न्यूनतम तलब भने यसअघि नै दुई हजार २९० रिंगेट छ। मेकानिकल इन्जिनियरको तलब तीन हजार ३८० र क्रियटिभ कन्टेन्ट डिजाइनरको दुई हजार ९८५ रिंगेट तलब छ। मलेसिया नेपाली श्रमिकहरूको प्रमुख आकर्षक गन्तव्य मुलुक हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij