२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

1.2K
Shares

काठमाडौं – ललितपुरस्थित सातदोबाटोमा गुडिरहेको बसमा आगलागी भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

शनिबार अपराह्नतिर महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको हो । आगलागीबाट बस जलेर पूर्णरूपमा क्षतिग्रस्त बनेको छ ।

आगलागीको कारण खुलेको छैन भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij