२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कावासोती जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

कावासोती जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

400
Shares

नवलपरासी — कावासोतीको बालुवाडाँडामा सिट क्षमताभन्दा बढी यात्रु चढेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । बा।प्र।०७ ०० १ ज। ००२० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटना शनिबार बिहान ११ बजे भएको हो ।

दुर्घटनामा परेर बुलिङटारकी पवित्रा मस्रांगी र उनका भाइ पवनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते हुनेको संख्या ९ पुगेको छ । बालुवाडाँडाबाट कावासोतीतर्फ आउँदै गरेको जिप सडकबाट खस्दा २८ जना घाइते भएका थिए । ९ जना गम्भीर बिरामीको जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij