२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सानिमा क्यापिटलको लाभांश घोषणा

सानिमा क्यापिटलको लाभांश घोषणा

1.3K
Shares

काठमाडौं – सानिमा क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित १२ प्रतिशतका दरले ३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले कात्तिक २६ गते दिउसो ४ बजे कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै सभाले सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij