२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज अपि पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज अपि पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

475
Shares

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात कात्तिक १ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भाेली अर्थात कात्तिक २ गते बुकक्लोज गर्दैछ।

कम्पनीले ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १९ गते, होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

यस अनुसार कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लाभांश प्रस्तावका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा शतप्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने, बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना र दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

सभामा कम्पनीका शेयरधनीहरुबाट १ महिला तथा १ स्वतन्त्रसहित गरी ५ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij