२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको सुरुवात

1.2K
Shares

कठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैंयासम्म कर्जा दिने भएको छ ।

किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गर्दै बैंकले यो सम्वन्धी जानकारी गराएको हो ।

यस्तै बैंकले दश लाख रकम भित्र एक लाख रुपैंया बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिने ब्यवस्था समेत गरेको छ ।

कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानूनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुबै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गर्ने जनाएको छ ।

आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने बैंकले जनाएको छ ।

बैंकले ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घरजग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने बताएको छ । कर्जाको बीमा गरिने छ ।

बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट किसान सरल कर्जा प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij