२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

1.2K
Shares

काठमाडौं – कामना सेवा विकास बैंकको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको नक्साल भगवती बाहालस्थित लिसारा रिसेप्सनमा आज बिहान सम्पन्न भएको हो। बैंकले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभा सम्पन्न गरेको हो।

सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १२ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ७ प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश छन्।

सभाले सञ्चालक समितिबाट प्रस्तावित १०० रुपैयाँ दरको कुल ३५ करोड रुपैयाँबराबरको ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृतिपश्चात जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले बोनस शेयर र अग्राधिकार शेयर जारीपछि जारी र चुक्ता पुँजी वृद्धि गर्न बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियमावलीमा रहेको विद्यमान व्यवस्थामा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ।

प्रबन्धपत्र र नियमावलीमा संशोधन, अग्राधिकार शेयर जारी, दर्ता तथा सूचीकरण गर्नेलगायतका कार्य स्वीकृतिका क्रममा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन आवश्यकताअनुसार थपघट, परिमार्जन, भाषागतलगायत अन्य सुधारका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणा गर्ने प्रस्ताव पारित गरेको छ।सभाले सञ्चालक (सर्वसाधारण समूह)को नियुक्ति अनुमोदन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij