काठमाडौं – वाणिज्य बैंकहरूले कात्तिक १ गतेदेखी लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याजदर घटाएका हुन् ।
११ बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एशिया र हिमालयन बैंकले ब्याजदर सामान्य घटाएका छन् ।
ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु बैंकले भने स्थिर राखेका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij