२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भाटभटेनी संचालक गुरुङ दम्पतीद्वारा एमालेलाई १० रोपनी १४ आना जग्गा दान

भाटभटेनी संचालक गुरुङ दम्पतीद्वारा एमालेलाई १० रोपनी १४ आना जग्गा दान

490
Shares

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कीर्तिपुर नगरपालिका(२) मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका छन्।

भाटभटेनीका संचालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन निर्माण गरिने एमाले महासचिव शंकर पोखरेलले बताए। उनका अनुसार भवनको लागत र विस्तृत योजना तर्जुमा भइरहेको छ।

हाल एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको छ, जसलाई बाढीले क्षति पुर्‍याएको कारण नयाँ कार्यालय निर्माण गर्न लागिएको हो।

पत्रकारको प्रश्नमा व्यवसायी गुरुङले आफूले अन्य पार्टीहरूलाई पनि सहयोग गर्दै आएको र पहिल्यैदेखि एमालेनिकट भएकोले यसपटक एमालेलाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताए।

उक्त भवन एक वर्षभित्र निर्माण गरिसकेर आगामी घटस्थापनाका दिन हस्तान्तरण गर्ने योजना रहेको गुरुङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij