काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम-कार्ड को सुविधा सगौरव संचालनमा ल्याएको छ । एम-कार्ड सेवा मार्फत बैंकका ग्राहक महानुभावहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक, धार्मिक, ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन् ।
साथै कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात गर्न सक्ने छन् । एम-कार्ड सेवाले कार्ड प्रयोगकर्तालाई पृथक अनुभुति जगाउने र नौलोपनको आभास दिलाउने छ । बैंकले हाल यो एम-कार्ड लाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भएता पनि भविश्यमा क्रेडिट कार्ड समेतमा लागु गर्ने बैंकको योजना रहेको छ ।
बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा हालै यो एम-कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको बैंकले जनाएको छ । यस कार्डको प्रयोगले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत राख्दै हाम्रा ग्राहकहरुलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रुची अभिरुचीहरु पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्ने माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए ।
एम-कार्ड सेवा मार्फत कार्डलाई पर्सनलाइज्ड गर्नको लागि https://www.machbank.com/online-services लिंकमा जानुहोस् र आफ्नो कम्प्यूटर वा मोबाइलबाट आफुलाई मन परेको तस्बीर अपलोड गरि सहजरुपले कार्ड पर्सनलाइज्ड गरि आफुले रोजेको यस बैंकको जुनसुकै शाखामार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij