काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले धितोमा स्वीकार गरेको शेयरहरु बेच्न कडाई गरेको छ । बैंकहरुले शेयर धितो कर्जा सम्बन्धी प्रडक्ट पेपरमै मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा शेयरबिक्री गरी असुल उपर गर्ने सम्बन्धी स्पष्ट व्यवस्था उल्लेख गरेर मात्रै धितोको शेयर बिक्री गर्न पाउनेछन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार एक परिपत्र जारी गर्दै मार्जिन कल गर्दा उक्त शेयरमा प्राप्त हुन यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको शेयर संख्यामा गणना गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । शेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सो को मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने भएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij