२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २७. ३९ अंकले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार

नेप्से २७. ३९ अंकले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार

670
Shares

काठमाडौं – आज नेप्से परिसूचक २७ दशलमव ३९ अंकले घटेर २,६६३ को विन्दुमा कायम भएको छ । आज ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ । आज २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज दिनभरिमा ३ सय कम्पनीको १ करोड ३ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबारको कारोबार एनएलजी इन्स्योरेन्सको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज कम्पनीको २७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

यो दिन म्युचुअल फन्डबाहेक अरु सबै १२ वटा उपसमूहमा गिरावट आएको छ। म्युचुअल फन्ड भने स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij