काठमाडौं -नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज प्रतितोला चार सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij