काठमाडौं- आँखुखोला जलबिद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीको असोज २० गते बसेको संचालक समितिको बैठकले कात्तिक १२ गतेलाई आफ्नो बार्षिक साधारणसभाको मिति तय गरेको आँखुखोलाले जनाएको छ।
आखुखोलाले गत आर्थिक वर्षसम्मको कमाईबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छैन भने साधारणसभामा हकप्रदको प्रस्ताव पनि नलैजाने भएको छ। आँखुखोलाको हालको चुक्तापुंजी २ अर्ब रहेको छ।
१२ गतेको वार्षिक साधारणसभाको लागि आँखुखोलाले कात्तिक ४ गतेको लागि बुक क्लोज मिति तय गरेको छ। यसअनुसार कात्तिक ३ गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउनेछन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij