काठमाडौं – नेपाल बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि यहि मुल्यमा कारोबार भएको थियो । गत बुधबार छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मको उच्च मुल्य हो ।
नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij