२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकले सम्पन्न गर्यो बिराटनगरमा उद्यमी प्रशिक्षण अभियान

कुमारी बैंकले सम्पन्न गर्यो बिराटनगरमा उद्यमी प्रशिक्षण अभियान

1K
Shares

काठमाडौं – कुमारी बैंकले बिराटनगरमा उद्यमी प्रशिक्षण अभियान समपन्न गरेकाे छ । बैंकले युसएड सँगको साझेदारीममा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्ग सँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम समपन्न गरेको हाे ।

वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्बसाधारणहरुको विषयगत संबेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देसहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको हो ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रर्वद्धन तथा विकासमा टेवा पुर्‍याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij