२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता स्थगित

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता स्थगित

825
Shares

काठमाडौं – नेपाल घितो पत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उहाँ अस्वस्थ्य हुनु भएकाले अर्को सूचना प्रकाशिन नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।
नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये संक्षीप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता गर्ने कार्यक्रम थियो । यस अघि अनुपस्थित भएका उम्मेदवारहरु डा. नबराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाईँमध्ये शुक्रबार अन्तरवार्ताका लागि डा. अधिकारी र कार्की भने समयमै अर्थमन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij