२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1.1K
Shares

काठमाडौं – कामना सेवा विकास बैंकको आज असोज १४ गते लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १५ गते बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन पाउने छन् भने बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले असोज ३० गते १८ औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजननका लागि ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सोही सभाले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij