२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंकद्धारा चणिकलाल तामाङलाई नगद १ लाख सहित सम्मान

महालक्ष्मी विकास बैंकद्धारा चणिकलाल तामाङलाई नगद १ लाख सहित सम्मान

1.3K
Shares

काठमाडौं – महालक्ष्मी विकास बैंकले शनिबार ललितपुर महानगरपालिका–१३ नख्खुखोलामा बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई  सम्मान गरेको छ ।

काभ्रे जिल्ला तेमाल गाँउपालिका–९ घर भएका ३३ वर्षीय तामाङलाई उच्च जोखिमका बावजुद पनि २ जनाको सकुशल उद्धार गरेको भन्दै बैंकले सम्मान गरेको हो । तामाङले अदम्य साहस, अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गरेका थिए ।

आइतबार बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा तामङ्गलाई १ लाख नगद सहित सम्मान गरिएको हो । यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij