२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माण्डु हाइड्रोपावरको विद्युत उत्पादन बन्द

माण्डु हाइड्रोपावरको विद्युत उत्पादन बन्द

425
Shares

काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेडले सञ्चालन गरिरहेको आयोजनाबाट विद्युत उत्पादन रोकिएको छ। असोज ११ गते, शुक्रबारको दिनदेखि परेको अविरल भिषण वर्षाका कारणले बागमती खोलामा आएको बाढी तथा पहिरोले पावर हाउस तथा हेड वर्क्समा रहेको भौतिक संरचना लगायत उपकरणहरुमा क्षति पुगेको कम्पनीले बताएको छ। यसका साथै प्लान्ट सञ्चालन अवरुद्ध भइ काबुभन्दा बाहिरको स्थिति श्रृजना भइ विद्युत उत्पादन हुन नसकेको कम्पनीले नेप्सेलाई पठाएको पत्रमा उल्लेख छ।

सो सम्बन्धि पूर्ण क्षतिको विवरण भने आउन बाँकी रहेको कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij