२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न

प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न

1.2K
Shares

काठमाडौं – प्राइम कमर्सियल बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरीलगायत प्रादेशिक कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैंकले कोसी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरी देशभर ६ स्थानमा रक्तदान कार्याक्रम आयोजना गरेको थियो ।

रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरू गरी ३९२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले सबै रक्तदाता तथा प्रविधिकहरूलाई धन्यवाद दिँदै मानवजीवन रक्षाका लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजन गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारण राखेका थिए ।

आगामी दिनमा पनि यस्तै विभिन्न सामाजीकसेवाका कार्यहरू गर्दै जाने बैंकको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij