२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विपद्को घडीमा एनसेलको निःशुल्क डेटा

विपद्को घडीमा एनसेलको निःशुल्क डेटा

595
Shares

काठमाडौं-   निरन्तर वर्षापछि आएको बाढी डुबान र पहिरोले निम्त्याएको यस विपदको घडीमा संचार सेवालाई सुनिस्चित गर्नलाई एनसेलले निशुल्क डेटा सुविधा उपलब्ध गराउने भएको छ।  मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले देशभर भारी वर्षाका कारण बाढीपहिरोका कारण आइपरेको विपद् समय आफ्ना परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन शनिबारदेखि नै प्रभावित क्षेत्रका ग्राहकलाई निःशुल्क डेटा उपलब्ध गराइरहेको जनाएको छ।

यस पहलले ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्त्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगका लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग मिल्ने विश्वास एनसेलको छ।

कम्पनीले निःशुल्क डेटा उपलब्ध गराउनुका साथै हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहत कार्यमा थप योगदान गरिने जनाएको छ। कम्पनीले जनताको सुरक्षालाई सुनिश्चित गर्न र सरकारको प्रयासमा सहयोग गर्न विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायसँग समन्वय र सहकार्य गरिरहेको छ।

एनसेलले हाल देशभरका १ करोड ३० लाख भन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ।   कम्पनीबाट वितरित सेवाले ग्राहकलाई अनलाइन राख्न मात्र सीमित नभई आवश्यक सहयोग लिन पाउन, राहत तथा उद्धार कार्यका लागि समन्वय गर्न र परिवार तथा प्रियजनसँग सम्पर्कमा रहिरहुन् भन्ने उद्देश्य रहेको एनसेलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij