२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हनुमन्ते खोलाको बाढीमा फस्दा टहरामा फसेका ९ जनाको उद्धार

हनुमन्ते खोलाको बाढीमा फस्दा टहरामा फसेका ९ जनाको उद्धार

610
Shares

काठमाडौं – भक्तपुरको हनुमन्ते खोलाको बाढी बस्ती पस्दा फसेका ९ जनाको उद्धार गरिएको छ । बिहान साढे ८ बजे हुनमन्ते खोला बस्ती पस्दा भक्तपुरको फर्निचर बनाउने टहरामा ९ जना फसेका थिए ।

सशस्त्र प्रहरी बलको टोलीले सप्तरी घर भएका ४६ वर्षीय सुरेन्द्र सरकार, १६ वर्षीय लक्ष्मी सरदार, ४२ वर्षीया रिना सरदार, ५५ वर्षीय रमेश सरदारको उद्धार गरेको हो ।

त्यस्तै सोही टहरामा फसेका १८ वर्षीय सागर सरदार, ११ वर्षीय रोशन सरदार, ४७ वर्षीय जग्गु सरदार, ३८ वर्षीया लालो सरदार र ३० वर्षीय चन्दन सिंहको पनि उद्धार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij