२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस

उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस

665
Shares

काठमाडौं – न्यायपरिषद्ले उच्च अदालतका १४ न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद् बैठकले सरुवा सिफारिस गरेको हो।
परिषद्ले सर्वोच्च अदालतमा रिक्त ४ न्यायाधीश मध्ये २ जनाको नाममात्र सिफारिस गरेको छ भने २ पद रिक्त नै राखेको छ । त्यस्तै निकट भविष्यमै थप २ पद पनि रिक्त रहने छ । परिषद्को बैठकमा ६ रिक्त पदमै सिफारिसका लागि छलफल भएपछि दुई जनाको नाममा मात्र सहमति भएको हो ।

नियुक्ति हुनेमा उच्च अदालत पाटनका मुख्य रजिस्ट्रार नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे रहेका छन् । परिषद्ले यसअघि पनि उच्च अदालतका न्यायाधीशको सरुवा गरेको थियो । शुक्रबार परिषद्ले उच्च अदालतमा भने सिफारिस गर्न सकेन । उच्च अदालतमा हाल १६ न्यायाधीश रिक्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij